नेपाल नर्सिङ परिषदद्वारा विभिन्न परीक्षाको नतिजा सार्वजनिक
- असार २०, २०८२ मा प्रकाशित
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्ले आज एक सूचना जारी गर्दै गत असार १७ र १८ गते सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।
प्रकाशित नतिजामा पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस र विशेषज्ञ नर्स तह समावेश छन्। परीक्षार्थीहरूले आफ्नो नतिजा परिषद्को आधिकारिक वेबसाइट ब्उउष्अिबतष्यल।ललअ।यचन।लउ मा लगइन गरेर वा परिषद्को कार्यालय, बाँसबारीको सूचना पाटीमा हेर्न सक्नेछन्।
परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले नाम दर्ता प्रमाणपत्रका लागि दुई हजार शुल्क भुक्तानी गरी आवेदन दिन सक्नेछन्। प्रमाणपत्र लिन जाँदा आफ्नो नागरिकताको सक्कल प्रति, परीक्षाको प्रवेश पत्र र परीक्षाका लागि पेश गरिएका सम्पूर्ण शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरू अनिवार्य रूपमा साथमा लैजानुपर्ने परिषद्ले जनाएको छ।
परिषद्ले विभिन्न तहका लागि असार २२ गतेदेखि फरकफरक समयमा प्रमाणपत्र वितरण गर्ने तालिका पनि सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments