नेपाललाई एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- असार २१, २०८२ मा प्रकाशित
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए । एक समय ४०-१ को अवस्थामा रहेको नेपालले निरन्तर विकेट गुमाउँदा ५८-५ को अवस्थामा पुगेको थियो । त्यसपछि जोय र शुभम खनाल मिलेर साझेदारी बनाएका थिए ।
नेपालको स्कोर ९१-६ हुँदा शुभम १६ रनमा आउट भएपछि फेरि नेपाल ९२-८ को अवस्थामा पुग्यो । त्यहाँबाट जोयले लगातार तीन चौका पनि प्रहार गर्दै अभय यादवसँग मिलेर साझेदारी बनाए। अभयले विजयी छक्का नै प्रहार गरे । सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट लिएपनि टोलीको जितको लागि भने पर्याप्त भएन । युवान पाण्डेले २ विकेट लिए । आकाश तेजा र वेदांश गुप्ताले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments