त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूलाई प्रवेश निषेध
- असार २२, २०८२ मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् ।
उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो । सोही अनुसार शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका थिए । सर्वोच्चको आदेश अनुसार आंशिक प्राध्यापकसहित नेविसंघ निकट विद्यार्थी र अखिल क्रान्तिकारीले लगाएको ताला आफैं खोलेका हुन् ।
तर, ताला खोलेसँगै अखिल क्रान्तिकारीले भने पदाधिकारीलाई प्रवेशमा रोक लगाएको हो । अखिल क्रान्तिकारी त्रिविको कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नहुँदासम्मको लागि प्रवेश निषेध गरेको जनाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments