मध्य टेक्सासमा भीषण बाढी : ७८ जनाको मृत्यु, ४१ बेपत्ता
- असार २३, २०८२ मा प्रकाशित
टेक्सास । शुक्रबार आएको भीषण बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन्।
मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८ बालबालिका पनि समावेश छन्। यस काउन्टीमा एउटा नदी किनारमा रहेको क्रिश्चियन बालिका शिविर (क्याम्प) बाढीले डुबेको थियो। क्याम्प मिस्टिकका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता छन्। अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्ने निश्चित रहेको बताएका छन्। आगामी २४-४८ घण्टामा यस क्षेत्रमा थप वर्षा हुने सम्भावना छ, जसले उद्धार कार्यमा बाधा पुर्याउन सक्छ। उद्धार टोलीहरूले हिलो र भग्नावशेषमा हराएका मानिसहरूको खोजी गर्दा विषालु सर्पहरूको पनि सामना गरिरहेका छन्।
बाढी आएको तीन दिनपछि, टेक्सासको हालको इतिहासमा सबैभन्दा ठूलो खोजी तथा उद्धार प्रयास अब शव सङ्कलन अभियानमा परिणत हुँदैछ। केअर काउन्टीमा फेला परेकामध्ये १८ वयस्क र १० बालबालिकाको अझै औपचारिक रूपमा पहिचान हुन बाँकी छ।
टेक्सासका गभर्नर ग्रेग एबोटले आइतबार अधिकारीहरूले हरेक बेपत्ता व्यक्तिलाई फेला पार्न ‘कुनै कसर नछोड्ने’ बताएका छन्। खोजको मुख्य केन्द्र ग्वाडालुपे नदीको किनारमा अवस्थित लोकप्रिय ग्रीष्मकालीन बालिका शिविर क्याम्प मिस्टिक रहेको छ, जसले ठूलो क्षति भोगेको छ। यो विपत्ति शुक्रबार बिहान सबेरै भएको थियो जब अधिकांश शिविरार्थीहरू सुतिरहेका बेला नदीको जलस्तर ४५ मिनेटको अवधिमा ८ मिटरसम्म बढेको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments