क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
- असार २३, २०८२ मा प्रकाशित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् ।
एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिँदै उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे । उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्ज्त, प्रतिष्ठा बढाएको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकिएमा देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरे । राष्ट्रपति पौडेलले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाएर तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments