•  १ भाद्र २०८३, सोमबार

त्रिविको उपकुलपतिका लागि तीनजना सिफारिस

- असार २३, २०८२ मा प्रकाशित


काठमाडौं। उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने सार्वजनिक गरिएको छैन । उपकुलपतिको लागि १२ जना प्रतिस्पधर्मामा थिए । त्यसमध्ये पनि प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको चर्चा बढी छ ।

ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । केसरजङ्ग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो । अब तीन जनाबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्ने छन् ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments