११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस
- श्रावण ५, २०८२ मा प्रकाशित
काठमाडौं । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठक अनुसार ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस भएका एसपीहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत तुलबहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत रामेश सिंह, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत राजिव बहादुर बस्नेत रहेका छन् ।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत कमल थापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रविण भण्डारी, नेपाल प्रहरी अपराध अनुसन्धान शाखा, काठमाडौंमा कार्यरत रामेशराम थापा, नेपाल प्रहरी सेवा प्रशासन शाखामा कार्यरत अनिलप्रसाद उप्रेती, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत विपिन पौडेल, नेपाल प्रहरी कार्यालय सामाखुसीमा कार्यरत दयानीधि बास्तोला छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत सिद्धराज शाही र जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत केदार खनाल रहेका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments