•  २० भाद्र २०८३, शनिबार

नेपालमा सार्वजनिक भयो महिन्द्राको ईभी गाडी बीई–६, कति पर्छ मूल्य ?

- श्रावण २१, २०८२ मा प्रकाशित


काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्रा बीई–६ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमण्डपमा आजदेखि सुरू भएको नाइमा एक्स्पो २०२५ मा महिन्द्रा बीई–६ सार्वजनिक गरेको हो । बीई–६ का दुई भेरियन्ट नाइमा एक्स्पोमा राखिएको छ ।

महिन्द्रा बीई–६ दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यो ५९ किलोवाट र ७९ किलोवाट आवरको ब्याट्री प्याकमा पाउन सकिन्छ । कम्पनीले भन्सार प्रयोजनका लागि ५९ किलोवाट आवरको ब्याट्री अप्सनको मूल्य ५७ देखि ६८ लाखसम्म तोकेको छ । दुवै भेरियन्ट ९९ किलोवाट पिक पावरको इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments