कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्का, खोजी कार्य सुरु
- श्रावण २२, २०८२ मा प्रकाशित
काठमाडौँ । साउन २१ गते (हिजो) साँझ कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
स्याङ्जाको गल्याङ्ग नगरपालिका–५ सेतिवेणी स्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेकोमा उक्त सामान सोही जिल्ला कालीगण्डकी गाउँपालिका–४ विर्घा बस्ने वर्ष २७ कि श्यामकला पाण्डे र निजको छोरा वर्ष ६ को अर्पित पाण्डेको रहेको बुझिन आएपछि खोजी कार्य थालिएको हो ।
उनीहरू सम्पर्कमा समेत नरहेकोले कालीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशङ्कामा आज बिहानै देखि सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म स्याङ्जाबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको हो । बेपत्ता आशङ्का गरिएकाको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments