•  २७ बैशाख २०८३, आईतवार

भारत उत्तराखण्ड बाढिपहिरो : धादिङका चार जना परेको आशङ्का

- श्रावण २३, २०८२ मा प्रकाशित


काठमाडौँ । भारतको उत्तराखण्डमा काम गर्न गएका धादिङ ज्वालामुखी गाउँपालिका वडानम्बर २ का चार जना नेपाली बाढी पहिरोमा परेको आशङ्का गरिएको छ ।

उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपश्चात् सम्पर्कविहीन भएको बताइएको छ । परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन् । परिवारका सदस्यहरूको आग्रह अनुसार गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

यसअघि उक्त घटनामा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएका खबरहरू आएका थिए । साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments