•  २४ जेष्ठ २०८३, आईतवार

भक्तपुरमा घिन्ताङघिसी नाचसँगै गाईजात्रा, तस्बिरमा हेर्नुहोस्

- श्रावण २५, २०८२ मा प्रकाशित


भक्तपुर । भक्तपुरमा आज घिन्ताङघिसी नाचसँगै गाईजात्रा धुमधामका साथ मनाइएको छ । भक्तपुरमा साउन शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट सो नाच धूमधामले मनाउने चलन छ ।

शनिबार जनै पूर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै भक्तपुरमा गाईजात्रा सुरु भएको थियो । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रासँगै घिन्ताङघिसी नाच निकालिने चलन छ ।

धा बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लट्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ कृष्णाअस्टमीको दिनसम्म मनाइने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाचसँगै विभिन्न व्यङ्ग्यात्मक नाटक, विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने परम्परा छ । भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments