कारले ठक्कर दिएर माल्टामा ४२ वर्षीय नेपालीको मृत्यु
- श्रावण २५, २०८२ मा प्रकाशित
काठमाडौँ । माल्टामा एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको हो ।
आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मृतक तीन वर्षदेखि माल्टामा रोजगारीमा रहेका थिए ।
उनको परिवार पोखरामा बस्दै आएको खुलेको छ भने परिवारलाई जानकारी गराइसकिएको खनालले जानकारी दिए । यसैगरी स्थानीय सञ्चारमाध्यम माल्टा टाइम्सका अनुसार ‘हिट–एण्ड–रन’ को घटना भएको हो । मोटरसाइकलमा सवार पुनलाई एउटा कारले ठक्कर दिएर भागेको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय बिहान करिब ५ः२० बजे त्रिक साल्भु पसाइला सडकमा कारले पुनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि कार पार्किङमा राखिएका अरु तीनवटा गाडीमा ठोक्किएको बताइएको छ ।
दुर्घटनापछि कार चालक र दुई जना सवारहरू घटनास्थलबाट फरार भएका थिए । पीडितको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
घटनाको केही मिनेटपछि भेटिएकी १८ वर्षीया मोस्टा निवासी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई केही चोटपटक लागेको कारण माटर डेई अस्पताल लगिएको भए पनि स्वास्थ्य अवस्थाबारे जानकारी खुलाइएको छैन ।
उक्त घटनाका चालक र अर्को सवारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै हाल मृतकको शव मातर–देई हस्पिटलमा राखिएको छ । केही साताअघि पनि माल्टामै एक नेपालीको पौडी खेल्नेक्रममा मृत्यु भएको थियो । माल्टामा हाल करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments