आतङ्कवाद समाधानका लागि भारत–चीन सम्बन्ध मजबुत हुनुपर्छ : नेता रिजाल
- श्रावण २५, २०८२ मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेस पार्टीका नेता तथा पूर्वरक्षामन्त्री मिनेन्द्र रिजालले दक्षिण एसियामा शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनु अपरिहार्य भएको बताएका छन् ।
नेपाल भारत विकास मञ्चले आयोजना गरेको “दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान” विषयक विचार गोष्ठीमा उनले देशभित्रको राजनीतिक विषयलाई आतङ्कवादसँग जोडेर हेर्न नहुने बताउँदै माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहको रूपमा व्याख्या गरे ।
नेता रिजालले रामशरण महत परराष्ट्रमन्त्री भएको वेला सार्क सम्मेलनका लागि निमन्त्रणा दिइरहेको अवस्थामा जहाज अपहरणको घटनाका कारण सम्मेलन स्थगित भएको उदाहरण दिँदै आतङ्कवादले क्षेत्रीय सहयोगमा गम्भीर असर पार्ने बताए ।
उनले भारतमाथि हुने कुनै पनि आतङ्क वा सुरक्षा सम्बन्धी आक्रमणमा नेपालको भूमि प्रयोग नहुने स्पष्ट पार्दै भने, “भारतको लागि मात्र होइन, कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन दिइँदैन ।” भारत र नेपालको सम्बन्धलाई कुनै पनि मुलुकसँग दाँज्न नसकिने बताउँदै नेता रिमालले अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । साथै उनले भारत–चीन सम्बन्धमा कटुता बढे नेपालका विकास निर्माणदेखि अन्य क्षेत्रमा असर पर्ने चेतावनी दिए ।
“भारत र चीनबिचको सम्बन्ध राम्रो भयो भने क्रस–बोर्डर आतङ्कवाद समाधानमा टेवा पुग्छ,” उनले भने । रिजालका अनुसार, नेपालसँग भारत र चीन दुवैसँग आ–आफ्नै खालको महत्त्वपूर्ण सम्बन्ध रहँदै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments