•  ४ श्रावण २०८३, सोमबार

महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

- श्रावण २५, २०८२ मा प्रकाशित


धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भीमदत्त नगरपालिका-११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० सागर बोहराले जानकारी दिए ।

उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताए ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments