छोराको दीर्घायुका लागि पश्चिम नेपालमा तीन छठ्ठी पर्व मनाउँदै
- श्रावण २९, २०८२ मा प्रकाशित
काठमाडौँ । तराई–मधेसको पश्चिमी भेगमा आज हिन्दु धर्मावलम्बी मधेसी समुदायले तीन छठ्ठी पर्व धूमधामका साथ मनाइरहेका छन् । विशेष गरी छोराको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै महिलाहरू व्रत बस्दै पूजापाठमा जुटेका छन् ।
कपिलवस्तुका नरेन्द्र चौधरीका अनुसार भदौ शुक्ल षष्ठीका दिन मनाइने यस पर्वमा महिलाहरू बिहानै स्नान गरी पूजापाठ, भजनकीर्तन र व्रत गर्छन् । उनीहरू घर नजिकैको कुश रहेको स्थानमा पूजा गर्ने चलन रहेको बताइन्छ । जनमत पार्टीका उपाध्यक्ष समेत रहेका चौधरीले छोरा भएका महिलाहरूले सन्तानको दीर्घायुका लागि र छोरा नभएकाहरूले सन्तान प्राप्तिको कामनासहित यो व्रत राख्ने परम्परा रहेको बताए । यस दिन विशेषगरी महुवाको दतिवनले दाँत माझ्ने र कुशको पूजा गरी ६ वटा गाठो बाँध्ने धार्मिक विधि पालना गरिन्छ ।
पर्वको अवसरमा चिनी नहालेको दही, हल्दी, चामल, महुवा र चनालाई मुछेर विशेष प्रसाद बनाइन्छ । बेलुका भने तिन्नीको चामल, बिना हलो चलाएको खेतको साग र दूध सेवन गर्ने परम्परा छ ।
पौराणिक कथा अनुसार वैदिक कालमा अनिकाल परेको बेला एक जनप्रिय राजाले पोखरी खनाएका थिए । पोखरीमा पानी नआएपछि उनले आफ्नो नातिको बलि दिएका थिए । त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी माताको व्रत राखेपछि नाति पुनः जीवित भएको प्रसङ्गसँग यो पर्वको ऐतिहासिकता जोडिएको पाइन्छ ।
यसबाहेक, यो पर्व शक्ति, शौर्य र कृषि संस्कृतिको प्रतीक मानिने तथा भगवान् श्री बलराम जयन्ती र हलछठको रूपमा समेत मनाइन्छ । अन्तिम समयसम्म तीन छठ्ठी पर्व मनाउने महिलाको सङ्ख्या व्यापक रूपमा बढिरहेको स्थानीयहरू बताउँछन् । पर्व विशेषगरी कपिलवस्तु लगायतका जिल्लाहरूमा मनाइन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments