•  २६ मंसिर २०८२, बिहीबार

सेयर बजार ९.७० अङ्कले घट्यो, ५ अर्ब २० करोडको कारोबार

- भाद्र ४, २०८२ मा प्रकाशित


काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कले घटेको । बजार बन्द हुँदा नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा झरेको छ । बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भई कुल ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५९ वटाको मूल्य बढेको छ भने १८८ वटाको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । बुधबारको बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३२१.३० रुपैयाँ पुगेको छ । त्यसैगरी, चन्द्रागिरि हिल्स ७.४२ प्रतिशत बढेको ।

त्यस्तै पञ्चकन्यामाई हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.०३ प्रतिशत ले घटेर ४०८.६८ रुपैयाँमा झरेको छ । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अगाडि रह्यो । कम्पनीको २५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै हिमालयन रिइन्स्योरेन्सले २१ करोड ७६ लाख र चन्द्रागिरि हिल्सले १९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर