•  २६ मंसिर २०८२, बिहीबार

आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?

- भाद्र ५, २०८२ मा प्रकाशित


काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसले कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीबार सिन्धुपाल्चोक, लमजुङ, कास्की, म्याग्दी, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

साथै इलाम, झापा, सोलुखुम्बु, दोलखा, नुवाकोट, रसुवा, धादिङ, रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, तनहुँ, गोरखा, पर्वत, रोल्पा, जाजरकोट, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर