कानुन बनाउँदा विद्यालय सञ्चालकको कुरा होइन, अति विकटका जनताको कुरा सुन्नुपर्छ : पौडेल
- भाद्र ५, २०८२ मा प्रकाशित
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले विद्यालय शिक्षासम्बन्धी विधेयक बिहीबार नै समितिबाट टुङ्ग्याउनुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद पौडेलले समिति सदस्यहरूले आज नै विधेयक समितिमा पेस गर्ने बताएकोमा आफू खुसी भएको बताए । उनले विधेयकमा विद्यालय शिक्षा र उच्च शिक्षा कहाँ जोड्ने भन्ने विषयलाई सरकारले ध्यान दिनुपर्ने बताए ।
बाल शिक्षा पढाउनेलाई सहजकर्ता होइन शिक्षक भन्ने व्यवस्था गर्नुपर्ने पौडेलले समिति बैठकमा बताए । कक्षामा पुगेर पढाउनेलाई शिक्षक भन्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । ‘कक्षामा गएर पढाउनेलाई बाल सहजकर्ता होइन, बाल शिक्षक भनौँ । त्यो विधेयकमा उल्लेख गरौँ,’ पौडेलले भने ।
विधेयकमा निजी विद्यालयलाई कहीँ कतै ङ्याक्न नखोजिएको पौडेलले बताए । विषयलाई अतिरञ्जित बनाउन प्रयास गरिएकोप्रति आपत्ति जनाउँदै बैंकले कानुन हेरेर नभई विद्यालयको प्रबन्धपत्र र कार्यक्रम हेरेर ऋण दिने बताए । समितिले निजी विद्यालयका सञ्चालकको कुरा नसुनेर अति विकटका अभिभावक र विद्यार्थीको कुरा सुन्नुपर्ने सांसद् पौडेलले बताए ।
शिक्षकले आफूले पढाउनुपर्ने विद्यालयमा पढाउनै पर्ने बाध्यकारी व्यवस्था गरिनुपर्ने बताए । यो व्यवस्थाले विद्यालय सुधार्ने जिम्मा लिएका व्यक्तिहरूको दायित्व र जिम्मेवारी बोध हुने उनले बताए । प्रधानाध्यापकलाई त्यो पदमा रहुन्जेल थप सुविधाको व्यवस्था गरिनुपर्ने उनले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments