शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्छ : सांसद यादव
- भाद्र ५, २०८२ मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले देश र संविधान जस्तै शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले भने, ‘देश र संविधान समाजवादउन्मुख हुनुपर्छ । शिक्षा पनि समाजवादउन्मुखतिर जानुपर्ने हो ।’ ‘पूँजीवादीतिर, निजीतिर गएको देखिन्छ, पूर्ण छात्रवृत्ति, गरिब जेहन्दार, अति पिछडिएकाहरूलाई जुन व्यवस्था गरिएको छ, यो गैरमुनाफा नै रहोस्’ उनले भने, ‘यो क्रमशः गुठीमा जानेकुरा छ, यो यथावत रहोस् ।’
सांसद यादवले थपे, ‘समतामुलक समाज बनाउने कानुन बनाउँदा अहिले पनि पुरानै मानसिकताले बन्यो भने यसले समाजमा सन्तुलत हुँदैन ।’ सांसद यादवले शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए । उनले भूगोल मात्रै नहेरेर त्यसभित्रका सबै पक्षलाई ध्यान दिनुपर्ने बताए । ‘भूगोल मात्रै हेर्ने कि सबैलाई हेर्ने हो । मानव सूचकांकमा पछि पारिएका क्षेत्रलाई हेर्नुपर्छ,’ उनले भने ।
सांसद यादवले शिक्षाको गुणस्तर वृद्धि हुनेगरी विधेयक अघि बढाइनुपर्ने बताए । ‘बोर्डको गठन हुने, प्रदेशमा सबै जाने, प्रदेशले एसईई गर्ने, तर बोर्डको नियुक्ति नेपाल सरकारले किन गर्छ ?,’ उनले प्रश्न गरे । शिक्षामा अनावश्यक राजनीतिक भएको उल्लेख गर्दै उनले भने, ‘शिक्षा क्षेत्रलाई सधैँ राजनीति मुक्त गरौँ । शिक्षामा राजनीतीकरण भएको छ, यो अलग होस् ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments