आज यी नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
- भाद्र १६, २०८२ मा प्रकाशित
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बागमती प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र कोशी, महाकाली र यिनका सहायक नदीहरू बहाव सतर्कता आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सोमबार कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ । साथै दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम, हुम्ला, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
त्यसैगरी ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखाढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, बर्दिया र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।


सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments