पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
- भाद्र १६, २०८२ मा प्रकाशित
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत कोदारीमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मंगलबार बेलुकासम्ममा खुल्ने सडक विभागले जनाएको छ । सडक डिभिजन चरिकोटले अवरोध हटाउने कार्य तीव्र गतिमा गरिरहेको विभागले जनाएको हो ।
‘सडक डिभिजन चरिकोटको टोली कोदारीतर्फ अघि बढ्दै अवरोध हटाउने कार्य गरिरहेको छ र घट्टेखोला क्षेत्रमा मलबा (सडकमा खसेका ढुंगामाटो) सफा गर्ने कार्य प्रारम्भ भइसकेको छ,’ विभागले भनेको छ, ‘भोलि बेलुकासम्म सडक सुचारु गर्ने गरी कार्य अघि बढाई रहेको छ ।’
गत साउन १८ गतेदेखि अवरुद्ध भएको यो सडक मर्मत पछि भदौ ५ गतेदेखि चालु भएको थियो । फेरि अविरल परेको वर्षाका कारण भदौ ८ गते यता पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
जसकारण अहिले तातोपानी नाका हुँदै आउने वस्तु बोकेका करिब १५ सय कन्टेनर रोकिएका छन् । कुहिने फलफूललगायतका वस्तु भरियाको सहायताबाट आयात गरिरहेको व्यवसायीहरूले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments