•  २६ मंसिर २०८२, बिहीबार

गण्डकी र लुम्बिनी प्रदेशको संयुक्त बैठक स्याङ्जामा सुरु

- भाद्र १६, २०८२ मा प्रकाशित


स्याङ्जा । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको दोस्रो समन्वयात्मक बैठक स्याङ्जाको उत्तर बाहिनीमा सुरु भएको छ । सोमबार दुई प्रदेशको विकास र समस्या पहिचान गर्न बैठक बस्न लागेको हो ।

बैठकमा यसअघिका निर्णय कार्यान्वयनको समीक्षा गरिनेछ भने नयाँ साझा घोषणापत्र जारी गरिनेछ । यसअघि माघ ३० गते रानीमहलमा बसेको बैठकले २१ बुँदे निर्णय गरेको थियो ।

ती निर्णय भने पर्याप्त बजेट नहुँदा कार्यान्वयनमा आएको छैन । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यक्षता गरेको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितको टोली सहभागी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर