किन घट्यो बीवाईडीको सेयर मूल्य ?
- भाद्र १६, २०८२ मा प्रकाशित
बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीको सेयर मूल्य सोमबार ८ प्रतिशतसम्म घट्यो ।
चीनको कार बजारमा मूल्य युद्ध चलिरहँदा कम्पनीको मुनाफा घटेको तथ्यांक सार्वजनिक भएपछि यसको असर सेयर मूल्यमा देखिएको हो । अप्रिल– जुनमा कम्पनीको खुद मुनाफा ६ अर्ब ४० करोड युआन (९० करोड डलर)मा झरेको शुक्रबार कम्पनीले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनले देखाएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत कम हो ।
चीनको ईभी बजारमा मूल्य घटाउने बढ्दो प्रतिस्पर्धाका कारण समग्र उद्योग प्रभावित भइरहेको कम्पनीले आफ्नो ‘फाइलिङ’मा भनेको छ । यतिवेला चीनमा स्थानीय नियो र एक्सफेङका साथै अमेरिकी कम्पनी टेस्लासँग बीवाईडीले चर्को प्रतिस्पर्धा खेपिरहेको छ । क्रेतालाई आफूतिर तान्न सबै कम्पनीले आफ्ना उत्पादनको मूल्य घटाएका थिए । हङकङमा सोमबार कारोबार सुरु हुँदा बीवाईडीको सेयर मूल्यमा तीव्र कमी आएको भए पनि पछि भने यसमा केही स्थिरता देखिएको थियो ।
गएको दुई वर्षमा चीनमा कारको औसत मूल्य १९ प्रतिशतले घटेको अनुमान गरिएको छ । विदेशमा कम्पनीको बिक्री निकै रामो भए पनि यो विश्लेषकहरूले अनुमान गरेअनुरूप हुन सकेन । यो वर्ष कम्पनीले विश्वभर ५५ लाख थान कार बेच्ने लक्ष्य दिएको छ । जुलाईको अन्त्यसम्मा यसले २४ लाख ९० हजार थान मात्रै कार बेच्न सकेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments