प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन
- भाद्र १७, २०८२ मा प्रकाशित
लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन भएका छ । ७३ वर्षको उमेरमा ग्रीनको सोमबार निधन भएको अभिनेताका म्यानेजरले जानकारी दिएका छन् ।
ग्रीन लामो समयदेखि बिरामी थिए । उनी गम्भीर रोगसँग लडिरहेका थिए । टोरन्टोको एक अस्पतालमा अन्तिम सास फेरेको म्यानेजरले बताइएको छ । अवार्ड विजेता क्यानडेली अभिनेता ग्राहम ग्रीनको निधनले आफूहरू निकै दुःखी रहेको म्यानेजर गेरी जोर्डनले एउटा विज्ञप्तिमा उल्लेख गरेको भन्दै सीबीसी न्यूजले समाचार छापेको छ ।
उनको मृत्यु प्राकृतिक कारणले गर्दा भएको भनिएको छ । १९९० मा आएको केभिन कस्टनरको डान्सेज विथ वुल्फमा ग्रिन किकिङ बर्डको भूमिका निर्वाह गरेका थिए । यसका लागि उनी ओस्करको मनोनयनमा परेका थिए ।
ग्रिनको फिल्मी यात्रा सजिलो थिएन । तर आफ्नो अथक संघर्षले उनले सफलताको उदाहरण त प्रस्तुत गरे नै बाहिरबाट आउने धेरै कलाकारहरूका लागि हलिउडको ढोका पनि खोलिदिए । अभिनेताले सन् १९७९ मा ‘द ग्रेट डिटेक्टिभ’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए ।
उनको अभिनयलाई धेरैले मन पराएका थिए । उनलाई चर्चा भने ‘डान्सेस विथ वुल्भ्स’ले दिलायो । यो फिल्मले १२ वटा ओस्कर मनोनयन पाएको थियो भने ७ ओस्कर अवार्ड जितेको थियो । मिडिया रिपोर्टका अनुसार, अभिनेताको कुल सम्पत्ति १० लाख डलर छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments