१९.८९ अङ्कले घट्यो नेप्से परिसूचक
- भाद्र १७, २०८२ मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.८९ अङ्कले ओरालो लागेको छ । साताको तेस्रो दिन बजार परिसूचक घटेर २७४१.९७ विन्दुमा झरेको हो । यस दिनको कारोबारमा कुल ४ अर्ब ४३ करोड ८२ लाख बराबरको सेयर किनबेच भयो ।
बजारमा आज घट्ने कम्पनीहरूको बाहुल्यता रह्यो । आज कारोबार भएकामध्ये कुल २९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २२१ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन । आज बजारमा सबैभन्दा धेरै कमाउने कम्पनीहरूको सूचीमा हिमस्टार ऊर्जा कम्पनी रह्यो । उक्त कम्पनीको शेयर ९.९८ प्रतिशतको वृद्धि भएको छ ।
त्यसैगरी ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका ऋणपत्रहरूमा उच्च वृद्धि देखियो । बजारमा आज उन्नति सहकार्य लघुवित्तको सेयर सर्वाधिक अङ्कले घट्यो । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी २२ करोड ७० लाख रुपैयाँको सेयर किनबेचसहित अगाडि रहेको छ ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्स २० करोड ११ लाख, युनियन हाइड्रोपावर १४ करोड ६९ लाख तथा दोर्दी हाइड्रोपावर १४ करोड ४१ लाख कारोबारसहित अगाडि छन् । आजको बजारमा कुल १ करोड ५ लाख कित्ता सेयर ८९ हजार ७७५ पटकमा कारोबार भएका थिए । बजारमा कारोबार भएकामध्ये सबै उपसूचक आज घटेका छन् ।
ट्रेडिङ समूह १.९६ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशत भन्दा कम छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments