प्रेम सम्बन्धका कारण कम्पनीबाट निकालिए नेस्लेका सीईओ
- भाद्र १७, २०८२ मा प्रकाशित
काठमाडौँ । स्वीस खाद्य उत्पादक कम्पनी नेस्लेले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बर्खास्त गरेको छ ।
आफूभन्दा कनिष्ठ कर्मचारीसँगको प्रेम सम्बन्धका कारण कम्पनीले सिइओ लरेन फ्रेक्सीलाई कम्पनीबाट निकालेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो । कार्यभार सम्हालेको एक वर्षमा लरेन नेस्लेबाट निकालिएका हुन् ।
तत्कालका लागि कम्पनीले नेस्प्रेस्सो कफी एकाईका प्रमुख फिलिप नाभ्रातिललाई सिइओ नियुक्त गरेको छ । उपभोक्ता बजारमा प्रतिस्पर्धा चुलिएको वेला अमेरिकाले लगाएको ट्यारिफका कारण कम्पनीले अनेकौँ कठिनाइ भोगिरहेकै छ ।
कम्पनीका अध्यक्ष पल बुल्के र प्रमुख स्वतन्त्र निर्देशक पाब्लो इस्लाको निगरानीमा भएको छानबिनको क्रममा लरेन कम्पनीमा आफूभन्दा तल्लो पदमा रहेकी कर्मचारीसँग प्रेमिल सम्बन्धमा रहेको खुलासा भएको थियो । उनको यस व्यवहारले कम्पनीको ‘कोड अफ विजनेश कन्डक्ट’को उल्लङ्घन भएको बताइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments