•  २६ मंसिर २०८२, बिहीबार

आन्दोलनरत शिक्षकद्वारा राप्रपा कार्यालयमा धर्ना

- भाद्र १८, २०८२ मा प्रकाशित


काठमाडौँ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राप्रपा कार्यालयमा धर्ना दिएका छन् । आफूहरूसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासङ्घले बुधबार धुम्वाराहीस्थित राप्रपा कार्यालयमा धर्ना दिएका हुन् ।

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

आफ्ना माग मुद्दाहरू समेटिने गरी संसद्मा छलफल गर्नका लागि ध्यानाकर्षण गराउन महासङ्घले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनको भनाई थियो । अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर