सेयर बजारमा १५.५९ अंकको गिरावट
- भाद्र १८, २०८२ मा प्रकाशित
काठमाडौँ । सेयर बजार परिसूचक घटेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो । बजारमा आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
बजारमा कारोबार भएकामध्ये कुल ३९ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ४५ हजार सेयर किनबेच भएका छन्। बजारमा आज हिमस्टार हाइड्रोमा ९.९९५ को वृद्धि सहित ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, यूनियन हाइड्रोको मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आजको बजारमा लिबर्टी इनर्जीले सबैभन्दा धेरै ६.९९५ को गिरावट सहित २१८.७३ रुपैयाँमा कारोबार बन्द गरेको छ । छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशत गिरावट बेहोरेका छन्। आजको बजारमा युनियन हाइड्रोपावरले सर्वाधिक ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। दोस्रोमा लिबर्टी इनर्जीले २७ करोड ३८ लाखको कारोबार गर्यो । नेपाल पुनर्बीमा कम्पनीले २६ लाखको १५ कारोबार गर्दै तेस्रो स्थानमा रह्यो ।
बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट हाइड्रो सूचकको ०.९३ प्रतिशत रहेको छ । आज बजारका सबैजसो सूचक वृद्धि, गिरावट, कारोबार लगायतमा हाइड्रो समूहका कम्पनीले लिड गरेको देखिन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments