अङ्ग प्रत्यारोपण गरेर १५० वर्ष बाच्न चाहन्छन् सी र पुटिन ?

- भाद्र १९, २०८२ मा प्रकाशित


बेइजिङ । बेइजिङमा विजय दिवसको अवसरमा सैन्य परेड चलिरहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनले आफ्नो आयु लम्ब्याउन अङ्ग प्रत्यारोपण गर्नेबारे कुरा गरे । बायोटेक्नोलोजीमा देखिएको नवप्रवर्तनले निकै लामो समयसम्म बाँच्न सकिने भएको पुटिनले भनिरहेका थिए ।

यी दुईले यस विषयमा कुरा गरिरहँदा हट माइकमा यी कुरा सुनियो । चीनको ऐतिहासिक तियानमेन स्क्वायरमा उत्तर कोरियाका किम जोङ उनको साथमा यी दुई नेता हिँडिरहेको समयमा चीनको सरकारी टिभीको प्रत्यक्ष प्रसारणमा यी पल कैद भए ।

सी र पुटिन क्रमशः १३ वर्ष र २५ वर्षदेखि सत्तामा छन् । यी दुबैले अहिलेसम्म सत्ता छाड्ने आशय व्यक्त गरेका छैनन् । विजय दिवसमा उत्तर कोरिया र रुसी नेताको काँधमा काँध मिलाएर हिड्ने क्रममा चीनको राष्ट्रपतिले सारा विश्व समक्ष भविष्यको विश्व व्यवस्थाको अर्को वैकल्पिक अवधारणा प्रस्तुत गरेका थिए ।

तर निजी कुराकानीमा यी नेताको ध्यान आर्थिक र राजनीतिक भन्दा अन्यत्र गएको देखियो । कुराकानीका क्रममा पुटिनका लागि कुराकानी मन्दारिन अनुवादक राखिएको थियो भने सिका लागि रुसी अनुवादक राखिएको थियो ।

‘विगतमा कोही मान्छे ७० वर्षभन्दा धेरै बाँच्दैनथे, तर हिजोआज ७० वर्षको मान्छे त अझै बच्चै हुन्छ,’ सीले बोलेको कुराको रुसी भाषामा अनुवाद सुनियो । ‘बायोटेक्नोलोजीको विकाससँगै मानव अङ्गको निरन्तर प्रत्यारोपण गर्न सकिने भएको छ र मानिस झन् झन् युवा भएर बाँच्न सक्छ र अमरत्व नै पाउन सक्छ,’ पुटिनको कुरा सुनेपछि उनले बोलेको कुरा अनुवाद गर्ने मन्दारिन अनुवादकले सुनाइदिए ।

‘भविष्यवाणी त के आइरहेका छन्, भने यो शताब्दीमा मानिसहरू १५० सम्म बाँच्ने सम्भावना छ,’ यसको उत्तरमा सिको अनुवादकले भने । रुसी सञ्चार माध्यमसँग बोल्ने क्रममा पनि पुटिनले आफ्नो अभिव्यक्ति दोहोर्‍याएका थिए । फरक फरक देशमा औसत आयु फरक छ, तर पनि औसत आयुमा उल्लेख्य वृद्धि हुने पुटिनको भनाइ उद्धृत गर्दै रुसको सरकारी समाचार संस्था तासले भनेको थियो ।

चीनले दोस्रो विश्व युद्ध सकिएको दिनको ८० औँ वार्षिकोत्सव मनाउन आयोजना सैन्य परेडमा निकै धेरै हात हतियारहरू सार्वजनिक गरेको थियो । यसमा विश्वभर पुग्न सक्ने परमाणु मिसाइल पनि थियो । बुधबारको परेडमा पहिलो पटक चीन, रुस र उत्तर कोरियाली नेता सार्वजनिक रूपमा एउटै स्थानमा देखिएका थिए । यसलाई धेरैले पश्चिमी देशहरूलाई सन्देश मानिरहेका छन् । सो परेडमा पुटिन र किम बाहेक विश्वका अन्य शीर्ष २४ नेताको पनि उपस्थिति रहेको थियो ।

यसमा चीनले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाइरहेको अतिरिक्त भन्सार महसुल (ट्यारिफ)को काउन्टरवेटको रूपमा उभ्याउने खोजेको थियो । बुधबार ट्रम्पले सीमाथि रुस र उत्तर कोरियासँग मिलेर षडयन्त्र गरिरहेको आरोप लगाएका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर