माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
- भाद्र १९, २०८२ मा प्रकाशित
काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेन्डामा छलफल भइरहेको उपमहासचिव हरिबोल गजुरेलले बताए ।
यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ३ गते बैठक बोलाएका थिए । तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान चलाएपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो ।
त्यसपछि भदौ ६ र ८ गते बोलाएको बैठक पनि प्रचण्डले कार्यव्यस्ततालाई कारण देखाउँदै स्थगित गरे । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments