ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबिच विशेष छुट सम्झौता
- भाद्र १९, २०८२ मा प्रकाशित
काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बुधबार सम्पन्न कार्यक्रममा प्रभु बैंकको तर्फबाट प्रमुख बजार अधिकृत रमेश कुमार श्रेष्ठ र बजार व्यवस्थापक दिना चित्रकारले हस्ताक्षर गरेका थिए। त्यस्तै, ल्यान्डमार्क होटेल तथा रिसोर्टको तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार, चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवा लगायतका शाखामार्फत सेवा लिँदा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले विशेष छुट पाउनेछन्। यसका लागि प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य डिजिटल भुक्तानी प्रणाली प्रयोग गरी बिल तिर्नुपर्नेछ। सम्झौता अन्तर्गत, आवास सेवामा विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
ग्राहकको रोजाइमा अग्रणी रहेको प्रभु बैंक हाल नेपालभर ३१२ शाखा, २५६ एटीएम तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments