काठमाडौँको ताम्सीपाखाको प्रहरी बिट पुनर्निर्माण, एसएसपीले गरे उद्घाटन
- भाद्र २०, २०८२ मा प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१८ स्थित ताम्सीपाखामा अवस्थित प्रहरी विटको पुनर्निर्माण गरिएको छ । यसअघि टिनको टहरामा बस्ने प्रहरी कर्मचारीहरूले आधुनिक शैलीमा बनेको भवनमा बसेर काम गर्न थालेका छन् । दाछि इट्टाको प्रयोग गरेर पुनर्निर्माण गरिएको ताम्सिपाखा प्रहरी बिट शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उद्घाटन गरे ।
काठमाडौँको मुख्य सहरी क्षेत्र नरदेवीसँगै अवस्थित ताम्सिपाखाको प्रहरी बिट लामो समयदेखि पुनर्निर्माण हुन सकेको थिएन । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट बिट पुनर्निर्माण गरिएको वडा नम्बर–१८ का अध्यक्ष न्हुछेकाजी महर्जनले रातोपाटीलाई बताए ।
प्रहरी बिट उद्घाटन गर्दै काठमाडौँका एसएसपी अधिकारीले ‘बिटदेखि वृत्तसम्म’ भन्ने अवधारणा अनुसार ताम्सीपाखामा आधुनिक शैलीको बिट निर्माण गरेको बताए । उनले भने– ‘बिटमा बस्ने प्रहरी कर्मचारीहरू आधारभूत सुविधामा बसेर सुरक्षा प्रदान गर्नुपर्छ भन्ने हाम्रो अवधारणा हो ।’
भदौ १६ मा प्रहरी वृत्त थानकोटको नवनिर्मित भवन उद्घाटन गरिएको थियो । काठमाडौँभित्रका बिट र वृत्त क्रमशः आधुनिकीकरण गरिने एसएसपी अधिकारी जानकारी दिए ।
ताम्सीपाखा बिट प्रहरी वृत्त जनसेवाको मातहतमा पर्छ । मुख्य सहरी क्षेत्रको सुरक्षामा खटिने प्रहरी कर्मचारी बस्ने असन र बांगेमुढाको बिट पनि पुनर्निर्माण गर्ने प्रक्रिया सुरु गरिएको प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments