इजरायलले गाजा सिटीमा बढायो आक्रमणको रफ्तार, निसानामा टावरहरू
- भाद्र २२, २०८२ मा प्रकाशित
काठमाडौं । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ । बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो ।
इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्। इजरायल डिफेन्स फोर्सेस ९आईडीएफ० ले हमासले सुसी टावरको प्रयोग गरिरहेको आरोप लगाएको छ। यद्यपि हमासले यस दाबीलाई अस्वीकार गरेको छ।
यस आक्रमणमा कुनै जनधन क्षति भयो कि भएन भन्ने स्पष्ट छैन। शनिबारको आक्रमणअघि इजरायलले पर्चा वितरण गरेको थियो जसमा प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ मानवीय क्षेत्रभित्र जान अपिल गरिएको थियो। सुसी टावर हालका केही दिनमा ध्वस्त भएका भवनमध्ये दोस्रो उच्च भवन हो।
शुक्रबार सामाजिक संजालमा एक भिडियो शेयर गरिएको थियो, जसमा शहरको अल(रिमाल क्षेत्रमा रहेको मुश्तहा टावर ठूलो धमाकापछि ढलेको देखाइएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments