सिंहदरबार छिर्नुअघि अस्पतालमा घाइते भेट्न पुगे मन्त्री घिसिङ
- भाद्र ३०, २०८२ मा प्रकाशित
काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्नु अघि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई भेट्न शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन्।
शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री घिसिङ सिधै अस्पताल पुगेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हिजो साँझ उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो। घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।
अस्पताल पुगेका मन्त्री घिसिङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “शपथसँगै अब देश नयाँ दिशातिर अघि बढ्नेछ र नयाँ रूप लिनेछ।”
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments