•  २३ कार्तिक २०८२, शनिबार

सुनको मूल्य तोलामा २ लाख १७ हजार नाघ्यो

- भाद्र ३१, २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ ।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर