•  २३ कार्तिक २०८२, शनिबार

अन्तरिम सरकारसँग माग तयार गर्दै जेनजी, अनलाइनबाट पनि राख्न सकिने

- भाद्र ३१, २०८२ मा प्रकाशित


काठमाडौं । जेनजी प्रदर्शनका अभियन्ताहरूले अन्तरिम सरकारसँग राख्ने मागहरूको मस्यौदा तयार पारेका छन् ।

अभियन्ताहरूले आफ्ना मागलाई संस्थागत बनाउनेगरी सहमतिको मस्यौदा तयार पारेका हुन् । जसलाई अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्की हुँदै राष्ट्रपतिसमक्ष पठाउने तयारी छ ।

विभिन्न माग राख्दै तयार पारिएको मस्यौदामा अन्तरिम सरकारमा युवाहरूको प्रतिनिधित्व हुनुपर्ने, युवासहितको विज्ञ परामर्श समूह समेत गठन गरी सो सुझावका आधारमा कार्यभार सञ्चालन गर्ने, जेनजी प्रदर्शनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निष्पक्ष कारबाही हुनुपर्ने लगायतका माग राखिएका छन् ।

‘हाउ टु देश विकास’ नामक एक समूहले मागहरूको मस्यौदा तयार पारेर अघि बढाउन लागेको हो । आन्दोलनको मर्म अनुसार अघि बढ्न भन्दै राखिएका मागमा आफ्ना कुरा ‘स्पिक अप नेपाल’ को वेबसाइटबाट राख्न सकिने बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर