•  २६ चैत्र २०८१, मंगलवार

भान्जाको नजरमा मामा

- माघ १३, २०८१ मा प्रकाशित


 

सैलेन्द्रराज भट्टराई

जीवन र यात्रा पनि अनौठो हुन्छ । नेपाली राजनीति, न्याय देखी विभिन्न क्षेत्रमा आफनो लगावलाई देखाइ रहने एक बिलक्षण प्रतिभाका पुरुषले यो संसार छोडेर गएको धेरै भएको छैन । उनले यो संसार बाट मुक्ति लिए पनि उनले विभिन्न क्षेत्रमा देखाएको कार्यहरुलाई भने आम नेपालीहरु कहिले पनि भुल्ने छैन ।

नितान्त सादा जीवनका अनुयायी उच्च विचारलाई आफनो पहिचान बनाएका असल राजनीतिज्ञ हुन् नेपाली कांग्रेसका अग्रणी नेता, पूर्व सभामुख एवं बरिष्ठ अधिवक्ता स्वर्गीय दमननाथ ढुंगाना ।

राजनीतिक जीवनलाई आफनो पाइला पाइला लिएर हिड्ने कला भएका स्वर्गीय ढुंगानालाई तत्कालिन सरकारले आफनै अगाडी बाट गिरफ्तार गर्दाको समय स्वर्गीय ढुंगानाका साख्य भान्जा सैलेन्द्रराज भट्टराई अहिले पनि झलझल्ती सम्झिन्छन् ।

६ वर्षको कलिलो उमेरमा मामा स्वर्गीय ढुंगानालाई आफ्नै अगाडी गिरफ्तार गर्दा उनी मामा सँग बसेर भोजन गरिरहेका थिए । भोजन गर्न लाग्दा एक्कासी कसैले ढोकामा ढकढक गर्दा मामाले ढोका खुल्लै भएको बताउँन मात्र के लाग्नु भएको थियो दुई जना खाकी बर्दीका  प्रहरीहरु ह्वातै भित्र छिरे । र स्वर्गीय ढुंगानाको कठालो समाते ।

जानै लाग्दा मामाले भनेका कुरा भट्टराई अहिले पनि झल्झल्ती सम्झिन्छन् । त्यो बेला स्वर्गीय ढुंगानले अब पर्सि मलाई उताकोे मामाघरमा भेट्न आउनु भनेर प्रहरीको पछि लागे ।

स्वर्गीय ढुंगानाको उक्त बाक्यले भट्टराईको मनलाई धेरै पटक घचघचायो आफनो अनुभव सुनाउँदै भट्टराई सम्झन्छन् अर्को मामाघर कस्तो होला सोची रहे । कमलो उमेरमा यसरी खाकीलाई देख्दा उनी तर्सिएका रहेछन् । आफनो कौतुहलतालाई बढाउने क्रममा भटट्राई आफनी सानीआमा स्वर्गीय बिन्दु तुलाधरकोमा पुगेछन् ।

आफनो छोराको कौतुहलता मेटाउने क्रममा सानीआमाले औलाले समाएर उ त्यही हो तेरो मामाको अर्को मामाघर भन्दै कठघराको ढोकामा पुराई दिएको याद अहिले भट्टराईको मानसपटलमा आइरहेको छ ।

त्यसपछिका दिन क्यौ पटक मामाको मामाघर जाने क्रम बढिरहेको थियो । त्यो समयमा बिधार्थी राजनीतिलाई बढाएर अगाडी बढिरहेका  स्वर्गीय ढुंगाना एक पटक प्रहरीको छड्के नजर बाट बच्नकोे लागि आफनो घरमा लुक्न आएको झल्को  भट्टराईको मनमा अहिले पनि रहेछ । मामा आफनो घरमा आएकोमा निकै खुशी मनाई रहेका भट्टराईको मन  धेरै समय  पछि फेरि पोल्यो ।

आफनै अगाडी घरको आँगनमा प्रहरी देख्दा भट्टराईको त्यो बेलाको कलिलो  मस्तिष्कमा ठूलै डर पलाएको रहेछ । त्यही डरको कारण आफूले नै मामा स्वर्गीय ढुंगाना लुकेको स्थान देखाइदिएको स्मृति अहिले पनि उनको मनमा रहेछ । स्वर्गीय ढुंगानलाई देख्ने बित्तिकै बाघले बाख्रो झम्टे झै प्रहरीले स्वर्गीय ढुंगानालाई पक्रेको पनि भट्टराई बताउँछन् ।

आफूले त्यो समयमा  गरेको नादानीको महसुस अहिले पनि भट्टराईको मनमा रहेछ ।समय त्यति कै घर्किरहेको थियो । कुरा हो ४५ वर्ष अघिको जुन बेला भर्खर जनमत संग्रहको घोषणा भएको थियो । पहेंलो र निलोको छनौट प्रक्रिया थियो । जनमत संग्रहको घोषणाको लागि पशुपति मन्दिर नजिक भएको बिशाल आम सभालाई भाषण गर्ने क्रममा पञ्चायत भनेको बाघको छाला ओढेको स्याल हो जसलाई गमलामा फलाएको आँप जस्तै हो भनेर भाषणमा बोलेको कुरा अझै याद रहेछ भट्टराईलाई ।

२०३६ सालको जनमत संग्रह पछि देशमा एक प्रकारको राजनैैतिक शून्यता छाएको थियो । जताततै पञ्चायतको हालिमुहाली चलेको थियो । दलका नेताहरुको भागाभाग थियो ।यही राजनीतिक माहोलका बिच २०४२ सालको सत्याग्रह सुरु भएपछि स्वर्गीय ढुंगानाले कानूनी पेशा अपनाएका थिए ।

त्यही बेला स्वर्गीय ढुंगानालाई सामान्य सोधपुछको लागि भृकुटी मण्डप लगेको याद पनि भट्टराईलाई रहेछ । सोधपुछ भनेर लगेको स्वर्गीय ढुंगानालाई प्रहरीले केन्द्रिय कारागार लग्यो । केन्द्रिय कारागारबाट नै त्यो बेलाको व्यवस्थाको विरुद्ध बहस गर्न पनि ढुंगानाले छोडेका थिएनन ।
कारागार बाट छुटेपछि ब्यवस्था परिवर्तनको लागि विभिन्न पक्षहरु सँग वार्ता गरिरहेका स्वर्गीय ढुंगानालाई २०४६ सालको आन्दोलन सुरु भए लगत्तै रसुवा जेल पुर्याईको रहेछ । त्यो जेल नभएर सुँगुर खोर जस्तो थियो ।

२०४६ सालको आन्दोलन सफल हुना साथ स्वर्गीय ढुंगाना लगायत सम्पूर्ण नेताहरुलाई रिहा गरिएको थियो । लगत्तै संविधान लेखनको कार्यमा लागेका स्वर्गीय ढुंगाना सभामुख भएका थिए । ०५१ मध्यावधी निर्वाचनमा पराजित भएपछि ।

केही समय राजनीतिक जीवनलाई बिश्राम दिएका स्वर्गीय ढुंगानाले माओवादी द्धन्दलाई रोक्न विभिन्न नागरिक समाजको नेतृत्व गरेर विभिन्न पटक वार्ताहरुको सहजकर्ताको रुपमा पनि कार्य गरेका थिए । शैक्षिक क्षेत्रमा पनि अग्रणी भूमीका खेलेका राम्रो लेखक पनि थिए ।
भट्टराई स्वर्गीय ढुंगानाका भान्जा हुन् ।

 

What’s your Reaction?
+1
1
+1
2
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर