
पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
- चैत्र २५, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।महिला संघको निर्देशक समिति र संघको अध्यक्ष उषा मिश्र राउतले संस्थामा मनपरि गरेको भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।
महिला संघको अध्यक्ष राउतलाई संघलाई एक ढिक्का राख्नलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनीहरुले जनाएका छन् । अध्यक्ष राउतले एकलौटी ढंगले विधि विपरित कार्य गरेको सभापति देउवालाई ध्यानाकर्षण गराइएको छ ।
महिला संघको अधिवेशन गराउन पार्टीबाट तोकिएका नेताहरुको भूमिका समेत विवादित रहेको असन्तुष्ट केन्द्रीय सदस्यहरुले पत्रमा लेखेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वमा महिलासंघका लागि निर्देशक समिति गठन गरिएको थियो ।
निर्देशक समिति सदस्यहरुमा केन्द्रीय सदस्य पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् ।पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिको ध्यानाकर्षण गराउने २० जना केन्द्रीय सदस्य महामन्त्री गगन थापा र नेता डा.शेखर कोइराला पक्षधर हुन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Comments