•  ३० चैत्र २०८१, शनिबार

चिकित्सक संघको आन्दोलन स्थगित : सरकारसँग ९ बुँदे सहमति

- फाल्गुन ९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री, महाशाखा प्रमुख र संघका पदाधिकारीबीच भएको छलफलले स्वास्थ्यकर्मीले उठाएका माग सम्बोधन गर्ने सहमति भएको हो ।

बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिने दिएका थिए ।सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको थियो ।

संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

शुक्रबारको छलफलबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको ३ महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भे पूरा गरी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने निर्णय भएको छ ।यसका लागि स्वास्थ्य मन्त्रालयबाट प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासनतर्फको उपसचिव र संघको प्रतिनिधि रहने गरी ३ सदस्यीय कार्यदलले एक हप्ता भित्र कार्यविधि तयार गरि पेश गर्ने निर्णय भएको छ ।

यसैगरी इन्टर्नसिप र आवासीय चिकित्सकलाई नेपाल सरकारको प्रचलित नियम अनुसार ड्युटी समय, काम गर्ने वातावरण र सेवा सुविधा, बिदा र स्वस्थ्य कार्यस्थलको सुनिश्चितता लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई पत्राचार गर्ने निर्णय भएको छ ।

अस्पताल, स्वास्थ्य संस्थामा कार्यरत सबै चिकित्सकहरुलाई  शतप्रतिशत जोखिम भत्ता प्रदान गर्न ३ महिना भित्र आवश्यक कानुन तर्जुमा गर्ने, चिकित्सा सेवा आयोगको गठन गर्ने कार्यलाई समेत प्रस्तावित चिकित्सक ऐन समावेश गरी ३ महिना भित्र स्वीकृतिको लागि पेश गर्ने लगायतका निर्णय भएको छ ।

सहमति
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर