सूचना प्रविधिको बढ्दो प्रभावसँगै समाचार सम्प्रेषणको माध्यम पनि बदलिए अवस्थामा छापा माध्यम परम्परागत नितिलाई बदल्ने सोचका साथ अहिलेका सञ्चार माध्यमहरु अगाडि बढि रहेका छन् । प्रवृधिमय बातावरणको लागि माथि उचाल्नको लागि पत्रकारिताको क्षेत्रमा उदाएको अनलाइन पत्रकारिता परिपक्व हुने अवस्थामा रहेको छ । जति तीव्र गतिमा अनलाइन सञ्चार माध्यमको विकास र विस्तार भइरहेको छ, उस्तै गतिमा चुनौती पनि बढ्दो छ। अनलाइन सञ्चारमाध्यम पाठक, दर्शक र श्रोतामाझ विश्वसनीयताको कसीमा खारिने चुनौती भने बाँकी नै छ।
त्यही विश्वसनीयताको परीक्षामा उत्तीर्ण हुने विश्वासका साथ हामी कासिन मिडिया डटकम मार्फत पाठक माझ आएका छौँ। सञ्चारमाध्यमलाई सधैँ आवाज विहीनहरूको आवाज भनिए पनि व्यवहारमा अझै कार्यान्वयन हुन सकेको छैन। हामी आवाज विहीनहरूको आवाज हुने पथमा अडिग छौँ। चर्को हैन तथ्यपरक आवाज पच्छ्याउने हाम्रो लक्ष्य हो। सधैँ सुनिएका आवाज हैन, दबिएका आवाज सुनाउनु हाम्रो ध्येय हो।छिटो हुने भन्दा तथ्यपरक हाम्रो मूल मन्त्र हो।
अबको युगमा पत्रकारिता हतारको साहित्य हैन भन्नेमा हामी विश्वस्त छौँ। समाजका नकारात्मक पाटो मात्र हैन, उत्साहजनक पाटोमा पनि हाम्रो उत्तिकै नजर रहनेछ। खराब पाटो उजागर गर्न हामी चुक्ने छैनौँ।सबै उमेर समूहका लागि पठनीय सामाग्री उत्पादन गर्ने हाम्रो लक्ष्यमा तपाईँको साथ, सहयोग र रचनात्मक सुझावको भूमिका महत्त्वपूर्ण छ।