•  ३० चैत्र २०८१, शनिबार

पूर्वयुवराज पारस शाहलाई हदृयघात : स्वास्थ्य अवस्था सुधार उन्मुख

- फाल्गुन १९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।‘हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं,’ ती चिकित्सकले भने, ‘अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।’

चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ ? भन्ने प्रश्न ती चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।’ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर