•  ३० चैत्र २०८१, शनिबार

मतपत्र विवाद : असन्तुष्ट बनेका सभापतिका उम्मेदवार बानिया र श्रेष्ठले लगाए ताला

- चैत्र २, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् ।मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि सभापतिका उम्मेदवार विवेक बानिया र श्रीधर श्रेष्ठले ताला लगाएका हुन् ।

निर्वाचन समितिले निर्देशिका अनुसार गोलाप्रथाबाट नाम राखेर मतपत्र छपाइ गर्न खोजेको छ ।नमुना मत पत्र बनाएर समितिले उम्मेदवारहरूसँग शुक्रबार छलफल पनि गरेको थियो । तर असन्तुष्ट बनेका सभापतिका उम्मेदवार बानिया र श्रेष्ठले ताला लगाएका हुन् । निर्वाचन अधिकृत डा. अंगद गौतमले सहमतिको प्रयास भइरहेको बताए ।

निर्देशिकाले गोलाप्रथाबाट क्रम निर्धारण गर्ने भनेको छ । उनीहरूको क्रममा सचिव कोषाध्यक्ष र सदस्यको निर्धारण गर्ने भनेको छ । सोही अनुसार नमुना मतपत्र बनाएर छलफल गरेको हो । दर्ता क्रममा गर्ने र निर्देशिका अनुसार गर्ने भन्नेमा विवाद भएको हो । सहमतिको प्रयास गरिरहेका छौं,’ उनले भने ।
ताला लगाउने सभापतिका उम्मेदवार श्रेष्ठ नेविसंघबाट बागी उठेका थिए । तर, नेविसंघको केन्द्रले उनलाई आधिकारिता नदिएपछि स्वतन्त्र उठेका हुन् । बानिया स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघबाट सभापतिको उम्मेदवार बनेका हुन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर