•  ३० चैत्र २०८१, शनिबार

केएसएलका कार्यकारी निर्देशक डा. संग्रौलाले कलेजका छात्राहरू गरेको यौनजन्य टिप्पणीको बिषयमा छानविन समिती

- चैत्र ३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं स्कुल अफ ल (केएसएल) कलेजको पाँचौ वर्षमा अध्यनरत् एक विद्यार्थीले कलेजका कार्यकारी निर्देशक एवं पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् ।

सो कुरा बारे ती बिधार्थीले कलेजमा विद्यार्थीबारे हुने दुव्र्यवहारमाथि छानबिन गर्न माग गर्दै निवेदन दिएपनि सुनुवाइ नभएको उनको जिकिर थियो । शुक्रबार कलेजका १सय जना पूर्वविद्यार्थीले संयुक्त वक्तव्य जारी गर्दै यो मामलामा निष्पक्ष जाँच गर्न माग गरेका थिए ।
विद्यार्थीलाई दुव्र्यवहार गरिएको आरोपमा छानबिन गर्न समिति गठन भएको छ ।

पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि बसेको व्यवस्थापन समितिको बैठकले स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय छ ।व्यवस्थापन समितिको निर्णय अनुसार, पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको समिति बनाइएको छ ।

यसको सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने नियम राखिएको छ ।समितिलाई १५ दिनभित्र उजुरीबारे छानबिन गरेर व्यवस्थापन समिति समक्ष राय पेश गर्न भनिएको छ । ‘समितिलाई प्राप्त निवेदनहरूमाथि छानबिन गर्ने, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेर तथ्य प्रमाण बुझ्ने र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ’ ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक संग्रौलाले पनि आफूले स्वतन्त्र छानबिनलाई सहयोग गर्ने बताए । ‘यो समितिले काम गरुञ्जेलसम्म म न्यूट्रल बस्छु । यो काममा मेरो कुनै हस्तक्षेप हुँदैन’, उनले भने । उनले समिति गठन भइसकेको र त्यसमा कलेजका व्यक्तिहरू नभएको भन्दै अगाडि भने, ‘उहाँहरूले सोधेको कुरा मलाई जानकारी दिने अधिकार छ, केही दर्जन विद्यार्थीले गरेको (दुव्र्यवहार) छ भनेको छ त्यो भए कलेजमा अहिले ११ सय विद्यार्थी छन्, उनीहरूलाई पनि सोध्नुपर्छ ।’

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर