

कासिन न्यूज,
काठमाडौं ।
काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ। विवादका कारण चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन बिहानदेखि जारी छ।पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि दुई जना भिड्दै छन् । केही अघि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका थिए ।
परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन्।सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन्। सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ।
अनेरास्ववियुले सभापतिसहित चार पद लिने सहमति भएको छ।माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका छन्। उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीबाट प्रजिता दर्नाल सभापतिको उम्मेदवार छन्।
उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार छन्।पद्मकन्यामा नेविसंघको दबदबा छ। २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन्।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
लोकप्रिय चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
लोकप्रिय चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
Comments