
बत्तिसपुतलीको राममन्दिरमा भक्तजनको लर्को : श्रीरामले रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा
- चैत्र २४, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
राम नवमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ ।
यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका भगवान श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।

हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ ।
राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१एसईईको पुस्तिका जाँच प्रभावित : बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरू
-
चैत्र ३०, २०८१मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीस्थित राजदूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको’ भन्ने भनाइको सभापति देउवा गरे खण्डन
-
चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१एसईईको पुस्तिका जाँच प्रभावित : बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरू
-
लोकप्रिय चैत्र ३०, २०८१मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीस्थित राजदूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको’ भन्ने भनाइको सभापति देउवा गरे खण्डन
-
लोकप्रिय चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
लोकप्रिय चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
Comments