
निरासको वर्ष : राजनीतिक, शैक्षिक, आर्थिक, सामाजिक देखी हरेक क्षेत्र प्रभावित
- चैत्र ३१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
पर्दा पछाडिको खेलाडी
परिस्थिती आफनो बिपरीत आउन थाले पछि पूर्व राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई भन्दै जनतालाई भार बोकाएर दरबार छोडेका थिए ।अहिले तिनै राजालाई फेरी राज्यको गन्ध आउन थालेको छ । भनिन्छ बिगतकाल देखी नै राजा भनेको अरुलाई लडाएर आफू हिरो हुने स्वभावका हुन्छन् ।

त्यसैको परिपञ्च अहिले पूर्व राजा ज्ञानेन्द्र गर्न थालेका छन् । पर्दा पछाडिको खेलाडीको रुपमा आफूलाई उभ्याएर राप्रपाको काँधमा बन्दुक राख्न थालेका पूर्व राजा ज्ञानेन्द्रलाई यति कुराको ज्ञान हुनुपर्ने हो देशमा सधैं तमासा देखाएर केही हुँदैन ।
राजावादीको प्रर्दशन
तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी गरेका छन् ।उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो ।

पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ । अवस्था तनावग्रस्त बनेपछि ढुंगामुढा र तोडफोड भएको थियो ।
१५ औं महाधिवेशनको चर्चा
नेपाली राजनीतिका महापुरुषको दर्जा लिन सफल हुँदै गएका नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अहिले राजनीतिक परिदृष्यमा आफूलाई हिरो साबित गराउन सफल हुन् थालेका छन् ।चैत्रको गर्मिदो मौसम सँगै देउवा राजनीतिको ताप पनि बढ्न थालेको महसुस अहिले कांग्रेसको राजनीतिमा देखीन थालेको छ ।

१५ औं महाधिवेशनलाई लिएर गुट रहित कांग्रेसका निर्माणमा लागि परेका देउवाले भित्री रुपमा समूह निर्माणको जिम्मा दिइ सकेको बताउँछन् निकट नेताहरु ।
प्रधानमन्त्री ओली र उनको नेतृत्व
बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।
यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् ।

राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ ।राजनीतिक धर्मले गति छोडेको मुलुकको रुपमा बिकसीत हुँदै गइरहेको नेपाल अहिले विभिन्न मुद्दाहरुमा अल्झिरहेको छ । देशमा विभिन्न बिकासमा नाममा आउने अनुदानहरुलाई विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् ।
घिसिङ काण्ड
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा नागरिक समक्ष धेरै चहलपहल हुन् थालेपछि भस्किएका छन् ।समय छदैं घिसिङलाई हटाउने कार्य गरेका प्रधानमन्त्री ओली बिरुद्ध अहिले हरेक क्षेत्रबाट बिरोधका भावहरु आइरहेका छन् ।

वाक कलाले जनतालाई मख्ख पार्ने स्वभाव भएका प्रधानमन्त्री ओली नेतृत्व सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
विवादमा लामिछाने
पूर्व संचारकर्मी एवं पूर्व उपप्रधान गृह मन्त्री रहेका रवि लामिछाने अहिले नेपाली राजनीतिको धरातलमा चर्चाका पात्र बनेका छन् । अहिले सहकारी काण्डमा जेलमा रहेका लामिछानेको दिमागमा अहिले राजनीतिक भूत सवार भएको छ । काण्डै काण्डको जेलोमा झेलिएका सभापति लामिछानेका कारण अहिले उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि धरापमा परेको छ ।

अहिले रास्वपामा एक प्रकारको नाटक भै रहेको छ । आफना सभापति रवि लामिछानेलाई बचाउन हरसम्भवको प्रयासमा लागेका छन् रास्वपाका नेताहरु ।स्वच्छ राजनीति गर्ने देश र जनताको लागि गर्ने भन्ने दृढ उत्साहका साथ नेपाली राजनीतिको बजारमा उदाएको रास्वपाले पनि पुराना राजनीतिक दलको पद्धतीलाई अवलम्बन गर्न थालेको भान आम नेपालीहरुले गर्न थालेका छन् ।
विपद्को वर्ष
गएको एक वर्षमा विपद्जन्य घटनामा ७ सय ४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा ८ हजार ८ सय ६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७ सय ४५ जनाको मृत्यु भएको हो ।
ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७ सय २ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९ सय ९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु ३ अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

कुन घटनामा कति मानवीय क्षति ?
सबैभन्दा बढी पहिरोका कारण ३ सय ५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।
सबैभन्दा बढी आगलागीका घटना
विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । विसं २०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्याङ्कानुसार आगलागीका मात्र चार हजार १ सय ४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १ सय ९५ वटा र पहिरोका १ हजार ५ घटना भएको छ ।
त्यस्तै बाढी ४ सय १८, भारीका वर्षाका ५ सय ६८, चट्याङका ४ सय १८, जनावर आक्रमणका ४ सय ७७, लेक लागेका १सय ११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३ सय ४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १३, २०८२मलाई सिद्धाएर कांग्रेस माथि आउँछ भने म सिद्धिन्न तयार तयार छु : पूर्व वडाध्यक्ष एवं कांग्रेस नेता श्रेष्ठ
-
बैशाख १३, २०८२खुला बजार विनिमय दर
-
बैशाख १३, २०८२भण्डारी रविन्द्र : मायाँ दिने त केवल आमा र बाउ हुन्छ
-
बैशाख १३, २०८२शनिबार बजारमा तरकारी, फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरु(मूल्यसूची सहित)
लोकप्रिय
-
लोकप्रिय बैशाख १३, २०८२मलाई सिद्धाएर कांग्रेस माथि आउँछ भने म सिद्धिन्न तयार तयार छु : पूर्व वडाध्यक्ष एवं कांग्रेस नेता श्रेष्ठ
-
लोकप्रिय बैशाख १३, २०८२खुला बजार विनिमय दर
-
लोकप्रिय बैशाख १३, २०८२भण्डारी रविन्द्र : मायाँ दिने त केवल आमा र बाउ हुन्छ
-
लोकप्रिय बैशाख १३, २०८२शनिबार बजारमा तरकारी, फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरु(मूल्यसूची सहित)
Comments