
जग्गाको बैना रकम लुटियो : लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान
- चैत्र ३१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
पेप्सीकोलास्थित टाउन प्लानिङबाट बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको ६० लाख रुपैयाँ लुटपाट भएको छ ।लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । लुटपाट घटना अनुसन्धान भइरहेको भन्दै प्रहरीले केही सार्वजनिक गरेको छैन । २० जना पक्राउ परेको भने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले पुष्टि गरे ।
प्रहरीका अनुसार लुटपाट भएको बताउने व्यक्ति बौद्ध बस्ने रितेश लामा हुन् । रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।उनले प्रहरीलाई बताए अनुसार जग्गाको बैना गर्न रकम लिएर आउनु भनेपछि आफू रकम लिएर गएको बताएका छन् । आफ्नो कारमा दुई वटा झोलामा ६० लाख रुपैयाँ लिएर गएको उनको दाबी छ । जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले बताएका छन् ।
त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । रकम लुटेपछि केही परसम्म भने कारमार्फत लामाले पिछा गरेको पनि देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार भएका थिए ।पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ ।
एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।लुटिएको बताउने लामाले सुरुमा ६० लाख लुटिएको बताएका थिए । पछि हिसाब गर्दा ७६ लाख रहेको दाबी गरेको प्रहरीले बताएको छ । उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ११, २०८२भगवान विष्णु चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती
-
बैशाख १०, २०८२ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्तीमा परे
-
बैशाख १०, २०८२शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा पन्त नियुक्त
-
बैशाख १०, २०८२साताको कारोबार : नेप्से परिसूचकमा लगातार चौथो दिन उच्च अङ्कको गिरावट
लोकप्रिय
-
लोकप्रिय बैशाख ११, २०८२भगवान विष्णु चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती
-
लोकप्रिय बैशाख १०, २०८२ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्तीमा परे
-
लोकप्रिय बैशाख १०, २०८२शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा पन्त नियुक्त
-
लोकप्रिय बैशाख १०, २०८२साताको कारोबार : नेप्से परिसूचकमा लगातार चौथो दिन उच्च अङ्कको गिरावट
Comments