
परिसूचक ८ अंकले घट्यो : रू ६ अर्ब २८ करोड २ लाख ९६ हजार २ सय ४५ बराबरको कारोबार
- चैत्र ३१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर २ हजार ६ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । विभिन्न ३ सय २२ कम्पनीका १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता शेयर ५४ हजार ३ सय ६१ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब २८ करोड २ लाख ९६ हजार २ सय ४५ बराबरको कारोबार भएको छ ।
कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १४, लगानी एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव २६ र निर्जीवन बीमा शून्य दशमलव ०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७७, वित्त शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ६१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त शून्य दशमलव २६, व्यापार एक दशमलव ४० र अन्य समूह शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।
गुडविल फाईनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रू ४५ करोड ३२ लाख ९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ८ लाख ९४ हजार ५ सय १० कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १०, २०८२३ सय २३ किलो गाँजा सहित पक्राउ
-
बैशाख १०, २०८२निवृत्तिभरण पाइरहेको व्यक्ति सरकारी लिखित किर्ते अदालतबाट कसुरदार ठहरेमा निवृत्तिभरण नपाउने :सभापति खतिवडा
-
बैशाख १०, २०८२वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ- वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ : माओवादी केन्द्र
-
बैशाख १०, २०८२प्रधानमन्त्री ओली र विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेटघाट
लोकप्रिय
-
लोकप्रिय बैशाख १०, २०८२३ सय २३ किलो गाँजा सहित पक्राउ
-
लोकप्रिय बैशाख १०, २०८२निवृत्तिभरण पाइरहेको व्यक्ति सरकारी लिखित किर्ते अदालतबाट कसुरदार ठहरेमा निवृत्तिभरण नपाउने :सभापति खतिवडा
-
लोकप्रिय बैशाख १०, २०८२वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ- वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ : माओवादी केन्द्र
-
लोकप्रिय बैशाख १०, २०८२प्रधानमन्त्री ओली र विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेटघाट
Comments