

कासिन न्यूज,
काठमाडौं ।
वर्षासँगै काठमाडौंको उपत्यकाको वायु प्रदूषण केही घटेको छ । लामो समयको प्रतिक्षा पछि काठमाडौं उपत्यकामा पानी परेको छ । देशका केही क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार अहिले काठमाडौं विभिन्न स्थानमा पानी परेको छ ।
देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ ।महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छभने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १०, २०८२राजनीतिक घरान देखी लिएर राजनीतिका धुरन्धर ब्यक्तिहरुलाई धुलो चुटाउन सफल भएका पात्र मेयर साह
-
बैशाख १०, २०८२नियात्राकार नयाँघरे थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मानित
-
बैशाख १०, २०८२परीक्षा सार्नुपर्छ भन्ने निष्कर्ष आएको छ, कति दिन सार्ने भन्ने निर्णय भएन
-
बैशाख १०, २०८२गाउँ नै शोकमा : बुटवल कालिकानगरका २७ वर्षीय न्यौपानेको आतङ्कवादी हमलामा परी मृत्यु
लोकप्रिय
-
लोकप्रिय बैशाख १०, २०८२राजनीतिक घरान देखी लिएर राजनीतिका धुरन्धर ब्यक्तिहरुलाई धुलो चुटाउन सफल भएका पात्र मेयर साह
-
लोकप्रिय बैशाख १०, २०८२नियात्राकार नयाँघरे थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मानित
-
लोकप्रिय बैशाख १०, २०८२परीक्षा सार्नुपर्छ भन्ने निष्कर्ष आएको छ, कति दिन सार्ने भन्ने निर्णय भएन
-
लोकप्रिय बैशाख १०, २०८२गाउँ नै शोकमा : बुटवल कालिकानगरका २७ वर्षीय न्यौपानेको आतङ्कवादी हमलामा परी मृत्यु
Comments