•  १४ बैशाख २०८२, आईतवार

अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा

- चैत्र ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताएका छन्। आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए। उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण बताए। ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ। सबैलाई मिलाएर लाने संविधान छ। यसले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ तर गाह्रो भएता पनि सबैलाई मिलाउन सक्ने यो संविधान छ।

नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ‚’ उनले भने, ‘यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेशी, महिला सबैको यसमा समावेशिता छ। त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्वपूर्ण भूमिका खेलेको छ। हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ।’उनले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए। कांग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उनको दावी छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर